बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ मा प्रस्तावित शीत भण्डार निर्माण कार्य रोक्न निर्देशन

प्रदेश २ मा प्रस्तावित शीत भण्डार निर्माण कार्य रोक्न निर्देशन

प्रदेश २ का आठ जिल्लामा प्रस्ताव गरिएको शीत भण्डार निर्माण कार्य रोक्न निर्देशन दिइएको छ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

जनकपुरधाम- प्रदेश २ का आठ जिल्लामा प्रस्ताव गरिएको शीत भण्डार निर्माण कार्य रोक्न निर्देशन दिइएको छ।

मापदण्ड र प्रक्रिया मिचेर शीत भण्डार निर्माण कार्य अघि बढाइएको भेटेपछि प्रदेशसभा अन्तर्गतको कृषि तथा भूमि व्यवस्थापन समितिले यस्तो निर्देशन दिएको हो।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयले प्रक्रिया र मापदण्डविपरीत शीत भण्डार निर्माण कार्य अगाडि बढाएको पाइएपछि निर्माण कार्य रोक्न निर्देशन दिइएको समितिका सभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए।

शीत भण्डार निर्माण प्रक्रियाबारे प्रष्टपार्न सम्बन्धित मन्त्रीलाई पटकपटक बोलाए पनि बैठकमा उपस्थित नभएपछि बाध्य भएर निर्माण कार्य रोक्न निर्देशन दिनुपरेको उनले बताए।

गत आर्थिक वर्षमा प्रदेश सरकारको कृषि मन्त्रालयले प्रदेश २ को आठ जिल्लामा एक-एक शीतभण्डार निर्माण गर्ने निर्णय गरेको थियो।

शीत भण्डार निर्माण गर्न ८० प्रतिशत (१ अर्ब ४ करोड) अनुदान प्रदेश प्रदेश सरकारले र २० प्रतिशत सम्बन्धीत संस्थाले ब्यहोर्नुपर्ने शर्त राखिएको थियो।

शीत भण्डार निर्माण गर्न प्रदेश सरकारले प्रत्येक जिल्लामा २–२ करोड अनुदान दिने गरी सूचना प्रकाशित गरे पनि संस्थाहरुसँग १५ करोडको सम्झौता गरेको पाइएको सभापति सिंहले बताए। यसका साथै तोकिएको मापदण्ड पूरा नगरेका संस्थासँग समेत शीत भण्डार निर्माण गर्ने सम्झौत मन्त्रालयले गरेको पाइएको उनको भनाइ छ।

‘प्रारम्भिक केही त्रुटीहरु हामीले पाएका छौँ, यस विषयमा समिति थप अध्ययन गरिरहेको छ,’ उनले भने, ‘यस विषयमा प्रष्ट पार्न सम्बन्धी मन्त्रीलाई बोलाउँदा उहाँ आउनु भएको छैन्।’ सिंहले मन्त्री स्वयं समितिको बैठकमा उपस्थित नभएर सचिवलाई पठाएको तर सन्तोषजनक जबाफ आउन नसकेको बताए।

प्रकाशित: Mar 16, 2020| 13:44 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।