बिहीबार, भदौ ४, २०८३

कोरोना संक्रमण रोक्न सरकार गम्भीर भएन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोबिड-१९) संक्रमण रोक्न सरकार गम्भीर नभएको आरोप लगाएका छन्।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोबिड-१९) संक्रमण रोक्न सरकार गम्भीर नभएको आरोप लगाएका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले सरकार गम्भीर नबनेको भन्दै कोरोनाविरुद्ध सजग भएर लाग्न सुझावसमेत दिएका छन्। उनले सरकारलाई जोखिमको सामना गर्न पार्टीको सम्पूर्ण साथ रहने घोषणा गरिसकेका बताए।

देउवाले सीमा नाकामा कडाई हुन नसक्दा संक्रमण नेपालमा फैलने गम्भीर खतरा रहेको औंल्याएका छन्। उनले संक्रमण फैलिहालेमा त्यसको सामना गर्नका लागि आवश्यक जनशक्ति, उपकरण तथा क्वारेन्टाइनलाई तयारी अवस्थामा राख्न पनि सरकारलाई सुझाव दिएका छन्।

Image may contain: text

प्रकाशित: Mar 16, 2020| 12:48 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।