आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना : आवश्यकताभन्दा बढी समय सँगै बस्दा सम्बन्ध विच्छेद बढ्यो

कोरोना : आवश्यकताभन्दा बढी समय सँगै बस्दा सम्बन्ध विच्छेद बढ्यो

कोरोना भाइरस (कोभिड–१९) को प्रकोप विश्वभर फैलिएको छ। उद्गमस्थल चीनको वुहानमा संक्रमण दर घटेको छ भने युरोपेली देशहरु नयाँ केन्द्रविन्दु बनेका छन्।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को प्रकोप विश्वभर फैलिएको छ। उद्गमस्थल चीनको वुहानमा संक्रमण दर घटेको छ भने युरोपेली देशहरु नयाँ केन्द्रविन्दु बनेका छन्।

National life

त्यसमा पनि इटाली सबैभन्दा बढी प्रभावित हुने देशको सूचीमा चीनपछि दोस्रो नम्बरमा छ।

एकातिर कोरोनाको संक्रमण बढिरहेका बेला चीनमा सम्बन्ध विच्छेदको दरसमेत बढेको छ।

चीनको कोरोना भाइरसको केन्द्रविन्दु हुबेईको छिमेकी सिचुवान प्रान्तमा एक महिनामा ३ सय भन्दा बढी दम्पतीले सम्बन्ध विच्छेदका लागि निवेदन दायर गरेका छन्।

डेलीमेलकाअनुसार चीनमा कोरोना संक्रमणका कारण मानिसहरु एक महिनासम्म विदामा बसेका थिए। धेरैजसो दम्पतीहरु लामो समय सँगै बस्दा उत्पन्न विवादका कारण सम्बन्ध विच्छेद घटना बढेका हुन्।

Laxmi sunrise bank
kumari

लामो समय विदा र घरमै बसिरहनु पर्ने भएकाले आवश्यकता भन्दा बढी समय दम्पतीहरु सँगै रहेका थिए।

सिचुवान प्रान्तको डाझोउका अधिकारी लु शिजुनका अनुसार गत फेब्रुअरी २४ पछि त्यहाँ पहिले भन्दा ठूलो दरमा सम्बन्ध विच्छेदका निवेदन दर्ता भएका छन्।

उनले धेरैजसो दम्पती लामो समय घरमै रहेका र सँगै रहँदा स–साना विषयहरुमा पनि धेरै विवाद हुने अनि सम्बन्ध विच्छेदसम्मको निर्णयमा पुग्ने गरेको बताएका छन्।

लु भन्छन्, ‘युवा अवस्थाका धेरै दम्पतीहरु यो बीचमा लामो समय सँगै बसे, उनीहरुले ससाना विषयमा समेत बहस गरे र अन्ततः सम्बन्ध विच्छेदका लागि तयार भए।’

लु को बुझाईमा अर्को कारण भने कोरोना संक्रमणका कारण केही समयदेखि रोकिएका यस्ता सम्बन्ध विच्छेद गराउने तयारी भएका दम्पतीहरु पनि एकै पटक आएका हुन सक्छन्।

शान्सी प्रान्तको सियानका सम्बन्ध विच्छेद मामिला हेर्ने अधिकारीको अनुभवमा पनि अहिले सम्बन्ध विच्छेदका घटना धेरै देखिएका छन्।

एक जिल्ला अधिकारीले एकै दिन १४ वटा यस्ता निवेदन प्राप्त भएको बाए। यो अहिलेसम्मकै उच्च रेकर्ड हो।

फुजीयन प्रान्तको फुझुका यस मामिला सम्बन्धी अधिकारीले एकै दिन १० वटा सम्बन्ध विच्छेद सम्बन्धी निवेदन प्राप्त भएको बताए।

सन् २०१८ मा गरिएको एउटा अध्ययनअनुसार सम्बन्ध विच्छेद गर्ने दर बिहे गरेको पहिलो वर्ष थोरै हुने गरेको छ। ५ वर्ष पुगेपछि यस्तो दर बढ्ने गरेको छ।

तर एक अध्ययनले भने सँगै बस्दा सम्बन्ध विच्छेदको घटना कम हुने दाबी गरेको छ।

चीनले कोरोना भाइरसको संक्रमण बढेपछि आफ्ना नागरिकलाई ‘सेल्फ आइसोलेसन’ मा बस्न निर्देशन दिएको थियो।

प्रकाशित: Mar 16, 2020| 12:19 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।