काठमाडौं - राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीले सहमतिका आधारमा पार्टीको अन्तरिम विधान अनुसार सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन्।
राप्रपाको सचिवालय प्रमुखमा भास्कर भद्रा(ललितपुर) र ध्रुब बहादुर प्रधान(नवलपरासी) तथा कोषाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङ(कैलाली) र गणेश चन्द(बैतडी) लाई मनोनयन गरिएको छ।
राप्रपा र राप्रपा संयुक्तबीच गत फागुन २४ गते एकताको आधारपत्रमा हस्ताक्षर गरि फागुन २८ गते एकताको घोषणा भएको थियो। राप्रपामा पार्टी एकता पछिको यो पहिलो मनोनयन हो। आइतबार बसेको तीन अध्यक्षको बैठकले उक्त मनोनयन गर्ने निर्णय गरेको र अन्य पदहरुमा पनि यथासक्य चाँडो मनोनयन हुने तयारी भइरहेको राप्रपाका नेता मोहन श्रेष्ठले बताए।