आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बरामद भएका मास्क बेच्न महान्यायाधिवक्ताकाे निर्देशन

बरामद भएका मास्क बेच्न महान्यायाधिवक्ताकाे निर्देशन

महान्यायाधिवक्ताको कार्यालयले बरामद गरेका मास्क न्युनतम बजार मूल्यमा बिक्रि गर्न प्रहरीलाई निर्देशन दिएको छ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं- महान्यायाधिवक्ताको कार्यालयले बरामद गरेका मास्क न्युनतम बजार मूल्यमा बिक्रि गर्न प्रहरीलाई निर्देशन दिएको छ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेका बेला व्यापारीहरुले कालोबजारीका लागि संकलन गरेको अवस्थामा प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेका मास्क उचित मूल्यमा बिक्रि गर्न महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको हो।

महान्यायाधिवक्ता अग्नी प्रसाद खरेलले हाल विषम परिस्थिति रहेको भन्दै बरामद गरिएका मास्कको प्रयोग गर्न सकिने निर्देशन दिएका छन्।

बरामद गरिएका मास्कको मूल्य र नमुनासहितको अभिलेख एवम् फोटोसहितको डिजिटल अभिलेख मिसिलमा राख्ने र मास्कलाई हालको बजार मूल्य अनुसारको रकम साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थाबाट लिइ सो रकम प्रहरीको धरौटी खातामा राखी मास्क अविलम्ब बिक्रि गर्न निर्देशन दिइएको छ।

साथै अनुसन्धान भएका मुद्दाहरुमा अभियोजन गर्ने निर्णय हुँदा बिक्रिपूर्व राखिएको विवरणअनुसार धरौटी खातामा जम्मा भएको रकम जफत हुन मागदाबी लिने प्रबन्ध मिलाउन प्रहरी महानिरिक्षकलाई निर्देशन दिइएको छ।

प्रहरीले सोमबार ८ लाख भन्दा बढी थान मास्क बरामद गरेको छ। यसअघि पनि प्रहरीले विभिन्न ठाउँबाट ठूलो मात्रामा सर्जिकल मास्क बरामद गरेको थियो।

कालोबजारी गर्न लागिएको सामान बरामद गरेपछि जिल्ला प्रशासनले सजायँ नसुनाउँदासम्म उक्त सामान प्रहरीले प्रमाणका रुपमा राख्ने र पछि सरकारले लिलाम गर्ने गरेको थियो।

यसपटक भने कोरोना संक्रमणको त्रासका कारण बजारमा मास्कको चरम अभाव रहेको छ। यही कुरालाई ध्यानमा राखी महान्यायाधिवक्ता खरेलले प्रहरीलाई प्रमाण राखेर मास्क वितरणको निर्देशन दिएका हुन्।

प्रकाशित: Mar 16, 2020| 10:37 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।