बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'अवैध मदिरा उत्पादनमा सहयोग गर्ने प्रहरीलाई कारबाही हुन्छ'

'अवैध मदिरा उत्पादनमा सहयोग गर्ने प्रहरीलाई कारबाही हुन्छ'

प्रदेश २ सरकारले तीन दिनभित्र अवैध मदिरा भट्टीहरु बन्द हुने जनाएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा घरेलु मदिरा सेवनबाट एक दर्जनभन्दा बढीको मृत्यु भएपछि प्रदेश सरकारले तीन दिनभित्र अवैध मदिरा भट्टी बन्द गर्ने दाबी गरेको हो।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

जनकपुरधाम - प्रदेश २ सरकारले तीन दिनभित्र अवैध मदिरा भट्टीहरु बन्द हुने जनाएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा घरेलु मदिरा सेवनबाट एक दर्जनभन्दा बढीको मृत्यु भएपछि प्रदेश सरकारले तीन दिनभित्र अवैध मदिरा भट्टी बन्द गर्ने दाबी गरेको हो।

नेकपा सांसद शत्रुध्न महतोले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावउपर छलफलको क्रममा सांसदहरुले उठाएको प्रश्नको जबाफ दिँदै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले तीन दिनभित्र अवैध मदिरा उत्पादन र भट्टीहरु बन्द हुने दाबी गरे।

‘आजै सुरक्षा समितिको बैठक बसेको छ, तीन दिनभित्र अवैध भट्टी बन्द गर्ने निर्णय भएको छ, मैले निर्देशनसमेत दिएको छु,’ उनले भने, ‘तीन दिनभित्र त्यस्ता भट्टीहरु बन्द नभए सम्बन्धीत क्षेत्रका प्रहरी इञ्चार्जमाथि कारबाही हुन्छ।’

महोत्तरीको भंगहामा तयार पारिएको अवैध घरेलु मदिरा क्षिरेश्वरनाथ नगरपालिकाकासाथै धनुषाको विभिन्न स्थानमा पुगेको उनले जानकारी दिए। विषाक्त मदिरा सेवनबाट हालसम्म २० जनाको मृत्यु भएको मन्त्री यादवले बताए।

प्रहरीकै संलग्नतामा अवैध मदिरा उत्पादन भइरहेको आरोपको जबाफ दिँदै मन्त्री यादवले भने, ‘अवैध मदिरा उत्पादनमा सहयोग गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याइन्छ, आजै निर्णय भएर निर्देशन दिइसकेको छु। यस्तो विकृति रोक्न बल प्रयोग गर्नुपरे पनि सरकार पछि हट्दैन्।’

क्षिरेश्वरनाथ नगरपालिकामा मदिरा सेवनबाट भएको घटनाको नैतिक जिम्मेवारी लिन प्रदेश सरकार तयार रहेको भन्दै मन्त्री यादवले अब प्रदेशभित्र दुव्र्यसनमुक्त अभियान सुरु हुने जानकारी दिए। प्रदेशलाई दुव्र्यसनमुक्त बनाउन प्रहरी प्रशासनलाई निर्देशन दिइएको उनले बताए। मन्त्री यादवले दुव्र्यसनमुक्त अभियानको लागि निर्देशिका तयार भइसकेको र एक साताभित्र सञ्चालनमा आउने जिकिर गरे।

प्रहरीकै संलग्नतामा घरेलु मदिरा उत्पादन भइरहेको सांसदहरुको आरोप

प्रकाशित: Mar 16, 2020| 10:21 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।