बिहीबार, भदौ ४, २०८३

नेपाल-भारत मैत्री बस सेवा बन्द

विश्वभर फैलिँदै गएको कोरोना भाइरस संक्रमणको प्रभाव नेपाल-भारत मैत्री बस सेवामासमेत परेको छ। कोरोना त्रासका कारण जनकपुरबाट भारतस्थित बिहारको पटनासम्म चल्ने नेपाल-भारत मैत्री बस सेवा बन्द भएको छ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

जनकपुरधाम - विश्वभर फैलिँदै गएको कोरोना भाइरस संक्रमणको प्रभाव नेपाल-भारत मैत्री बस सेवामासमेत परेको छ। कोरोना त्रासका कारण जनकपुरबाट भारतस्थित बिहारको पटनासम्म चल्ने नेपाल-भारत मैत्री बस सेवा बन्द भएको छ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै भारतले नाका बन्द गरेपछि जनकपुर–पटना बस सेवा बन्द भएको हो। जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले ३१ मार्चसम्म बस सेवा बन्द भएको जानकारी दिएका छन्। कोरोनाकाकारण भारतले सीमा बन्द गरेपछि बस सेवा बन्द भएको उनले बताए।

बस बन्द भएपछि दैनिक दुई सयभन्दा बढी यात्रुको आवागमन प्रभावित भएको छ। बिहान र बेलुका गरी जनकपुरबाट पटनासम्म दैनिक चारवटा बस चल्ने गरेको छ। यसैगरी पटनाबाटसमेत दैनिक चारवटा बस जनकपुर आउँछ।

गत वर्ष भाद्र महिनामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरबाट र बिहारका मुख्यमन्त्री नितिश कुमारले पटनाबाट नेपाल-भारत मैत्री बस सेवाको उद्घाटन गरेका थिए।

 

प्रकाशित: Mar 16, 2020| 09:11 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।