बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युरोपमा काेरोना नियन्त्रणबाहिर : एकैदिनमा ५०८ को मृत्यु

युरोपमा काेरोना नियन्त्रणबाहिर : एकैदिनमा ५०८ को मृत्यु

इटाली, स्पेन र फ्रान्समा कोरोनाको महामारी नियन्त्रणबाहिर पुगेको छ । बेलायतमा पनि कोरोनाको महामारी तीव्र गतिमा फैलिएको छ ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

काठमाडौं- चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसकाे महामारी युराेपमा तीव्र गतिमा फैलिएको छ।

इटाली, स्पेन, बेलायत र फ्रान्समा कोरोनाको महामारी नियन्त्रबाहिर पुगेको छ। आइतबार एकै दिनमा  यी चार देशमा गरी ५ सय ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

इटालीमा आइतबार ३ सय ६८ जनाको मृत्यु भएको छ। इटालीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ।

स्पेनमा आइतबार ९७ जनाकाे मृत्यु भएको छ। याेसहित मृतकको संख्या २ सय ८८ पुगको छ भने फ्रान्समा आइतबार २९ जनाको मृत्यु भएको छ।

बेलायतमा आइतबार १४ जनाले ज्यान गुमाएका छन्। विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने ६ हजार नाघेको बीबीसीले जनाएको छ।

चीनपछि कोरोनाबाट सबैभन्दा बढी प्रभावित इटालीमा २४ हजार ७४७ जना संक्रमित बनेका छन्। स्पेनमा ७ हजार ५५३ संक्रमित भेटिएका छन् भने फ्रान्समा संक्रमितको सङ्ख्या ५ हजार ४०० पुगेको छ। 

पछिल्लो २४ घण्टामा स्विट्जरल्यान्डमा ८ सय नयाँ संक्रमित भेटिएका छन्।

अमेरिकामा अहिलेसम्म ६२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् भने ३ हजार २४४ जना संक्रमित भएका छन्।

अहिलेसम्म विश्वभर कोरोनाभाइरसबाट १ लाख ६२ हजार ६८७ जना संक्रमित भएका छन्  जसमध्ये ८१ हजार ३ जना चीनका रहेका छन्। चीनका क्रमश नयाँ संक्रमण दर र कोरोनाबाट ज्यान गुमाउनेको संख्या घट्दै गएको छ।

प्रकाशित: Mar 16, 2020| 02:22 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।