बिहीबार, भदौ ४, २०८३

भीमसेन मन्दिरबाट चाँदीका सामान चोरी

जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित भीमसेन मन्दिरबाट चाँदीका चार छत्री चोरी भएका छन्।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

डोटी– जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित भीमसेन मन्दिरबाट चाँदीका चार छत्री चोरी भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले मन्दिरको ढोका फुटाई उक्त धातुका सामान चोरी भएको जानकारी दिए। उनका अनुसार मन्दिरबाट ५० तोलाको एक र १० तोला बराबरका तीन गरी ८० तोलाका छत्री चोरी भएका हुन्।

स्थानीय गोविन्द श्रेष्ठले दिपायल सिलगढी नगरपालिका–६ मा रहेको उक्त मन्दिरबाट भक्तजनले चढाएका सामान चोरी भएको बताए। उनले भने, “मन्दिरबारे थाहा पाएको व्यक्तिले चोरी गरेको हुनसक्छ।”

जिल्ला प्रहरी कार्यालयका अनुसार फलामको रड प्रयोग गरी मन्दिरको मूल ढोका र सभाहलको ताला फुटाइएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 16, 2020| 02:21 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।