बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालोबजारीबारे जनता आफैँ पनि सजग हुनुपर्छः मन्त्री भट्ट

कालोबजारीबारे जनता आफैँ पनि सजग हुनुपर्छः मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोभिड–१९ को त्रास देखाउँदै कालो बजारीलाई बढावा दिने जो कोहीलाई कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोभिड–१९ को त्रास देखाउँदै कालो बजारीलाई बढावा दिने जो कोहीलाई कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महङ्गी र कालोबजारी बारे सम्बन्धित निकायले अनुगमन गरेर दोषीउपर कारवाही गर्ने बताए ।

उनले भने, “अहिले कोरोना भाइरसको त्रास देखाएर बजारमा अखाद्य वस्तुको बिक्री वितरण गर्ने, मूल्य बढाएको जस्ता समाचार आइरहेको छ, यसबारेमा सरकारले अनुगमन त गर्छ नै तर उपभोक्ता स्वयं आफैं पनि सचेत हुन जरुरी छ ।”

विभिन्न देशमा कोरोना भाइरस फैलिएको अवस्थामा नेपालीहरु एकआपसमा एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्नेभन्दा पनि त्यसका विरुद्धमा एकजुट भएर लाग्नुपर्ने मन्त्री भट्टको भनाइ छ । “सबैले आआफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक काम गर्ने हो भने सरकारले बजार अनुगमन नै गर्नुपर्दैन, मेरो आग्रह छ, सबै बिक्रेता, उपभोक्ता, उत्पादक कम्पनीले आफ्नो भूमिका इमानदारीपूर्वक पूरा गर्नुहोस्,” उनले थपे।

रासस

प्रकाशित: Mar 15, 2020| 11:48 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।