आइतबार, चैत १, २०८२

मलेसिया : प्रार्थनामा सहभागी १९० जनामा कोरोना संक्रमण

मलेसियामा एउटा मस्जिदमा प्रार्थनाका लागि सहभागी भएका १९० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

एजेन्सी- मलेसियाकाे एउटा मस्जिदमा प्रार्थनाका लागि सहभागी भएका १९० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

National life

मलेसियामा आइतबारमात्रै १९० जना नयाँ संक्रमित भेटिएका हुन्।

योसँगै मलेसियामा कोरोना संक्रमितको संख्या २२८ पुगेको छ।

उक्त प्रार्थनामा विभिन्न मुलुकका १६ हजार मानिस सहभागी भएको अनुमान छ। जसमध्ये शंकास्पद व्यक्तिहरुलाई परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

ठूलो संख्यामा कोरोना पुष्टि भएपछि प्रार्थनामा सहभागी भएका र उनीहरुको सम्पर्कमा आएका सबै व्यक्तिलाई १४ दिनको क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ।

Laxmi sunrise bank
kumari

त्यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार गत फेब्रुअरी २७ देखि मार्च १ सम्म राजधानी क्वालालम्पुर नजिकको मस्जिद जामेक श्री पेटालिङमा भएकाे प्रार्थना सभामा झण्डै १६ हजार मानिस सहभागी भएका थिए।

तीमध्ये १४ हजार ५ सय जना मलेसियाका नागरिक थिए भने बाँकी अन्य देशका थिए।

छिमेकी ब्रुनाईमा शनिबार भेटिएका ४० नयाँ संक्रमितमध्ये ३८ जना धार्मिक प्रार्थनामा सहभागी भएका व्यक्ति थिए।

प्रकाशित: Mar 15, 2020| 11:31 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।