बिहीबार, भदौ ४, २०८३

विद्युत् चोरीमा संलग्न १७ जना पक्राउ

पर्साको विभिन्न स्थानहरुबाट विद्युत् चोरी गर्ने कार्यमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

पर्साको विभिन्न स्थानहरुबाट विद्युत् चोरी गर्ने कार्यमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पर्सा प्रहरी र विद्युत् प्राधिकरण पोखरिया कार्यालयको संयुक्त टोलीले उनीहरुलाई शनिवार राति पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका–२ का सुरूज महरा, जोखु माझी, अरुण महतो, जुमन मिया, खलिल मिया, हरी माझी, बली माझी, अलख प्रसाद यादव, ईस महमद मियाँ छन्।

यस्तै पर्सागढी नगरपालिका–७ का सुरेन्द्र सहनी, शिव चन्द्र दास, पटेर्वासुगौली गाउँपालिका–४ का मुनिलाल दास, पटेर्वासुगौली–५ का कृष्ण माली, रूपेश मुखिया, मुकेश मुखिया, बिन्दवासिनी गाउपालिका–६ का जय करण सिंह र बहुदरमाई नगरपालिका–२ का पप्पु प्रसाद पटेल रहेको पर्सा प्रहरीले जनाएको छ।

विद्युतको मुख्य तारमा हुक लगाई चुहावट गर्ने कार्यमा संलग्न १७ जनालाई नियन्त्रणमा लिई कानुन बमोजिम आवश्यक कारवाही भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 15, 2020| 11:19 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।