आइतबार, असोज २५, २०८३

कामनपाका सबइन्जिनियरलाई २० हजारको घुस मुद्दा

काठमाडौं महानगरपालिकाका सब–इन्जिनियर गणेश ठकुल्लाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

काठमाडौं– काठमाडौं महानगरपालिकाका सब–इन्जिनियर गणेश ठकुल्लाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जिल्ला आयोजना कार्यान्वयन ईकाई बबरमहलमार्फत् विपद ब्यवस्थापन विभाग काठमाडौं महानगरपालिकाका सब–इन्जिनियर ठकुल्लाले सेवाग्राहीसँग घर निर्माण सम्पन्न पश्चात २० हजार घूस लिएको खुलेको अख्तियारले जनाएको छ।

ठकुल्लाले घर निर्माणको दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको अख्तियारले आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ। ठकुल्लाविरुद्ध अख्तियारले २० हजार बिगो मागदाबी गरेको छ।

प्रकाशित: Mar 15, 2020| 10:46 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।