बिहीबार, भदौ ४, २०८३

कोरोना कल सेन्टरमा दैनिक हजारभन्दा बढी कल

सरकारले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी जिज्ञासा तथा गुनासा सम्बोधनको लागि जारी गरेको १११५ नम्बरको कल सेन्टरमा दैनिक एक हजारभन्दा बढी फोन आउने गरेको छ ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

सरकारले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी जिज्ञासा तथा गुनासा सम्बोधनको लागि जारी गरेको १११५ नम्बरको कल सेन्टरमा दैनिक एक हजारभन्दा बढी फोन आउने गरेको छ ।

सञ्चालनमा आएको तीन दिनमै ५ हजारभन्दा बढी फोन आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले बताए । कल सेन्टरमा अहिले ६ जना कर्मचारी कार्यरत छन् । फोनको चाप बढी भएपछि कर्मचारी थप्नुपर्ने देखिएको उनले बताए ।

सम्भावित संक्रमणबाट कसरी बच्न सकिन्छ, कोरोनाका लक्षण कस्ता हुन्छन्, सरकारले कोरोना नियन्त्रणको लागि कस्ता योजना ल्याएको छ भन्नेजस्ता जिज्ञासा कल सेन्टरमा सोधिने गरेका छन्।

धेरैजसो फोन सुदूरपश्चिमका जिल्लाबाट आउने र उनीहरुले नेपाल–भारत–चीन सीमा नाका खुल्ला छ कि बन्द छ भन्ने जानकारी लिने बताइएको छ ।

सरकारले कोरोना सम्बन्धी गुनासा सम्बोधन गर्न गएको शुक्रबारदेखि १११५ नम्बरको कल सेन्टरको स्थापना गरेको हो। यो नम्बरमा फोन गर्न पैसा लाग्दैन।

 

प्रकाशित: Mar 15, 2020| 10:40 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।