शनिबार, साउन २३, २०८३

वैदेशिक अध्ययन अनुमति डेढ महिनालाई बन्द

शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट नलिई विद्यार्थीहरू वैदेशिक अध्ययनका लागि जान पाउँदैनन्।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

काठमाडौं– सरकारले आज (आइतबार)देखि वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन सर्टिफिकेट) दिन बन्द गरेको छ।

बिहीबार बसेको कोरोना नियमनका लागि बनेको उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयअनुसार आजदेखि ३० अप्रिलसम्म वैदेशिक अध्ययन अनुमतिपत्र जारी गर्न बन्द गरिएको हो ।

शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट नलिई विद्यार्थीहरू वैदेशिक अध्ययनका लागि जान पाउँदैनन्।

यसअघि सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति पनि स्थगित गर्ने निर्णय गरेको थियो।

 

प्रकाशित: Mar 15, 2020| 07:46 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्