अर्घाखाँची– जिल्लामा असिनापानीले चुटेर बालकको ज्यान गएको छ।
शितगंगा नगरपालिका–१२, रजिया रातामाटामा १० वर्षीय विकास नेपालीको असिनापानीले चुटेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
शनिबार दिउँसो घरबाट हिँडेका सुस्त मनस्थितिका बालक डोहोटेको कुँडुले जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ। बाक्लो असिनाले चुटेर नै बालकको ज्यान गएको हुन सक्ने प्रहरीको भनाइ छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।