बिहीबार, भदौ ४, २०८३

प्रदेश २ मा ११५ आइसोलेसन वार्ड निर्माणको तयारी

कोरोना भाइरसको पूर्वसतर्कताका लागि प्रदेश २ सरकारले ११५ आइसोलेसन वार्ड निर्माण थालेको छ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

धनुषा– कोरोना भाइरसको पूर्वसतर्कताका लागि प्रदेश २ सरकारले ११५ आइसोलेसन वार्ड निर्माण थालेको छ।

प्रदेश २ को स्वास्थ्य निर्देशनालयले कोरोना भाइरसको संक्रमणबाट जोगाउन प्रदेशभित्रका मेडिकल कलेज तथा अस्पतालमा ११५ आइसोलेसन वार्ड निर्माण अघि बढाएको हो।

स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा तीन, नारायणी उपक्षेत्रीय अस्प्तालमा पाँच, क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयास्थित जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा ६० र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ५० आइसोलेसन वार्ड निर्माण अगाडि बढाएको जानकारी दिए।

प्रदेश २ मा हालसम्म कोरोना संक्रमण नदेखिए पनि पूर्वसतर्कताका लागि वार्ड निर्माण गर्न लागिएको उनले जानकारी दिए।
यसैगरी, कोरोनाको संक्रमण भित्रिन नदिन सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको छ।

गाउँ तथा नगरपालिकामा हेल्थ डेक्स सञ्चालनको तयारी गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले भारतमा कोरोनाको संक्रमण देखापरेको र खुला सिमानाका कारण सीमाक्षेत्रमा निगरानी बढाइएको जानकारी दिए।

प्रकाशित: Mar 15, 2020| 06:19 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।