सोमबार, माघ ५, २०८२

१९ वर्षे क्यानडेली किशोरी यूएस ओपनको सेमिफाइनलमा

१९ वर्षे क्यानडेली किशोरी लेला फर्नान्डेस यूएस ओपनको सेमिफाइनलमा पुगेकी छन्।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं– १९ वर्षे क्यानडेली किशोरी लेला फर्नान्डेस यूएस ओपनको सेमिफाइनलमा पुगेकी छन्।

National life

उनले एलिनी स्वितोलिनालाई २–१ को सेटमा पराजित गर्दै ओपनको अन्तिम चारमा पुगेकी हुन्। अब उनले सेमिफाइनलमा आर्यन सबलेन्कासँग प्रतिस्पर्धा गर्नुपर्ने छ।

फर्नान्डेले क्वार्टरफाइनलको पहिलो सेटमा ६–३ को जित निकालेकी थिइन् भने दोस्रो सेटमा ३–६ को हार बेहोरिन्। निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा भने फर्नान्डेसले ७–६ (७–५) को संघर्षपूण जित निकालेकी हुन्।

यता २६ वर्षे स्वितोलिनाले ५–२ को अग्रता बनाएकी थिइन्। त्यसपछि रोमाञ्चक बनेको खेलमा फर्नान्डेसले सानदार पुनरागमन गर्दै जित निकालेकी थिइन्। यता दोस्रो वरियताकी सबलेन्का भने फ्रेन्च ओपनमा बार्बोरा क्रेजेस्कोभालाई ६–१ र ६–४ को सेटमा हराइन्।

फर्नान्डसले  यो सिजन साविक विजेता नाओमी ओसाकालाई पनि हराएकी छन्। उनले २०१६ को विजेता इन्जिलिक किरर्बेरलाई हराउँदै अहिले ओलम्पिकको काश्य विजेता स्वितोलिनालाई पनि हराएकी छन्।

Laxmi sunrise bank
kumari

यससँगै उनी पहिलो पटक मूख्य प्रतियोगिताको सेमिफाइनलमा पुगकी हुन्। सेमिफाइनलमा पुगेपछि उनी घुँडा टेकेर रोएकी थिइन्। यता समर्थकले उनलाई सम्मान प्रकट गरेका थिए।

‘वास्तवमै मलाई थाहा छैन कि मैले कस्तो अनुभव गरिरहेको छु। म खेलभरी नै निकै नर्भस थिएँ,’ उनले भनिन्, ‘मैले स्वितोलिनासँग फाइट गर्न पाउनु निकै खुसीको कुरा पनि हो। मैले आफैलाई भनेको थिएँ। कि अंकका लागि अघि बढ्नुपर्छ।’

२००५ मा मरिया सरापोवा सेमिफाइनलमा पुगेयता यूएस ओपनको सेमिफाइनल पुग्ने फर्नान्डेस सबैभन्दा सानो उमेकी खेलाडी बनेकी छन्। उनी आफ्नो जन्मदिनको भोलिपल्ट नै सेमिफाइनल प्रवेश गरेकी हुन्। यससँगै यो वर्ष युवा खेलाडीले यूएस ओपनको ब्रेकथ्रु पाएका छन्। 

यसअघि १८ वर्षे इम्मा रोडुकानू र कार्लोस अल्वारास पनि प्रतियोगिताको अन्तिम आठमा पुगेका छन्। जहाँ अल्कारस बाहिरिएका छन् भने इम्माको प्रतियोगिता बाँकी छ।

प्रकाशित: Sep 08, 2021| 09:24 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।