बिहीबार, भदौ ४, २०८३

कर्णाली प्रदेशबाट श्रम स्वीकृति दिन बन्द

कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण प्रदेश पनि श्रम स्वीकृति बन्द भएको छ ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण प्रदेश पनि श्रम स्वीकृति बन्द भएको छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगित गरेपछि प्रदेशबाट पनि श्रम स्वीकृति बन्द गरिएको श्रम तथा रोजगार कार्यालय सुर्खेतले जनाएको छ । शुक्रबार सूचना जारी गर्दै कार्यालयले अर्काे सूचना नआएसम्म श्रम स्वीकृति बन्द गरिएको जनाएको छ ।

कार्यालय निमित्त वरिष्ठ श्रम अधिकृत सुनिताकुमारी दर्लामीले दिएको जानकारी अनुसार शुक्रवारदेखि देशभरका श्रम तथा रोजगार स्वीकृति बन्द गरिएको छ । कोरोनाको सन्त्रास कम नभएसम्म श्रम स्वीकृति बन्द गरिएको उनको भनाइ छ ।

संक्रमणको विरुद्ध उच्च सतर्कता अपनाउँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषदले २९ गते गरेको निर्णय अनुसार वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृत र पुनः श्रमस्वीकृति (संस्थागत र व्यक्तिगत) स्थगित गरिएको थियो ।

प्रकाशित: Mar 15, 2020| 05:46 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।