बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दरबारमार्गमा ट्राफिकलाई घुस दिन खोज्ने ब्यक्ति प्रहरी फन्दामा

दरबारमार्गमा ट्राफिकलाई घुस दिन खोज्ने ब्यक्ति प्रहरी फन्दामा

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

काठमाडौं- ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

आवश्यक कागपत्र बिना मोटरसाइकल चलाइरहेका प्रेमनाथ सेढाईंले चार हजार रुपैयाँ घुस दिन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दरबारमार्गमा ड्युटीमा खटिएका प्रहरीले बा २८ प ४०४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सेढाईंले प्रहरीलाई घुस दिन खोजेका थिए ।
उनले डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न खोज्दा शनिवार ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधनसहित महानगरीय प्रहरी वृत्त,कालिमाटीमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रकाशित: Mar 15, 2020| 05:03 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।