आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली भूमिमा सीमास्तम्भ गाडिएको भन्दै कांग्रेस नेता–कार्यकर्ताले गरे तोडफोड

नेपाली भूमिमा सीमास्तम्भ गाडिएको भन्दै कांग्रेस नेता–कार्यकर्ताले गरे तोडफोड

नेपाली भूमिमा सहायक सीमास्तम्भ गाडिएको भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले शनिबार बेल्डाँडी गाउँपालिकामा सीमा स्तम्भ तोडफोड गरेका छन्।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

भीमदत्तनगर– नेपाली भूमिमा सहायक सीमास्तम्भ गाडिएको भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले शनिबार बेल्डाँडी गाउँपालिकामा सीमा स्तम्भ तोडफोड गरेका छन्।

सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले कांग्रेस नेता तथा कार्यकर्ताले बेल्डाँडी गाउँपालिका–३, वैवाहमा निर्माण गरेको सहायक सीमास्तम्भ तोडफोड गरेको बताएका छन्।

“कांग्रेस कार्यकर्ताले शनिबार नेपाली भूमिमा सीमास्तम्भ गाडिएको भन्दै तोडफोड गरेका छन्,” उनले भने, “सो सीमास्तम्भ जोर–बिजोरका आधारमा नेपाली पक्षले निर्माण गरेको थियो।”

तत्कालीन संविधानसभाका पूर्वसदस्य बहादुर सिंह थापा, दिवान विष्ट र कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी सीमास्तम्भ गाडिएको क्षेत्रमा पुगेका थिए।

सशस्त्र प्रहरी उपरीक्षक साहुले दक्षिण क्षेत्रमा केही दिनयताकाे सीमा विवादले सर्भे टोलीलाई काम गर्न असहज भइरहेको बताए।

केही महिनाअघि सीमावर्ती भारतीय बजार वनवासामा बसेको संयुक्त सीमा सर्भे टोलीले कैलालीको खग्रौलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्मको सीमास्तम्भ पुनःनिर्माणदेखि व्यवस्थापन गर्ने निर्णय गरेको थियो।

रासस

प्रकाशित: Mar 15, 2020| 04:46 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।