बिहीबार, भदौ ४, २०८३

प्रधानमन्त्री ओली फेरि त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओली पुनः त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। दोस्रो पटकको मृगौला प्रत्यारोपणपछि
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पुनः त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।

दोस्रो पटकको मिर्गाैला प्रत्यारोपणपछि उनी आज (आइतबार) फलोअपका लागि पहिलो पटक अस्पताल पुगेका हुन् । पेटमा राखिएको स्टन्ट निकाल्न उनी अस्पताल पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सार्क राष्ट्रका प्रमुखबीच भिडियो सम्वाद गर्न आज सिंहदरबार जानु अघि प्रधानमन्त्री ओली फलोअपका लागि अस्पताल पुगेका हुन् । शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका ओली शनिबारदेखि राजनीतिक भेटवार्ता सुरु गरेका थिए ।

शनिबार नेकपाका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, पार्टी महासचिव विष्णु पौडेल, प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाललगायतकासँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि फागुन १९ गते अस्पताल गएका थिए। फागुन २१ गते उनको दोश्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।

प्रकाशित: Mar 15, 2020| 04:22 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।