बिहीबार, साउन १४, २०८३

ट्रम्पको कोरोना परीक्षण रिपोर्ट सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

वासिंटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ।

ह्वाइट हाउसका फिजिसियन सियन पी कोन्लीका अनुसार ट्रम्पको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको हो।

“मार्च–ए–लागोमा ब्राजिलको प्रतिनिधिमण्डलसँग रात्रिभोज गरेको एक सातापछि राष्ट्रपति लक्षणमुक्त हुनुभएको छ,” कोन्लीले शनिबार जारी गरेको प्रेस नोटमा उल्लेख छ।

रात्रिभोजमा सहभागी केही व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएकाले संक्रमणको आशंकामा राष्ट्रपति ट्रम्पको परीक्षण गरिएको थियो।

सीएनएनका अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ५८ जनाको ज्यान गइसकेको छ । यसबाट कम्तीमा दुई हजार आठ सय संक्रमित छन्।

प्रकाशित: Mar 15, 2020| 03:22 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।