बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्पेनमा प्रधानमन्त्री पत्नीसहित दुई मन्त्रीमा कोरोना पुष्टि

स्पेनमा प्रधानमन्त्री पत्नीसहित दुई मन्त्रीमा कोरोना पुष्टि

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देसहित दुई मन्त्रीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

काठमाडौँ- स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देसहित दुई मन्त्रीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । शनिबार सार्वजनिक गरिएको रिपोर्ट अनुसार प्रधानमन्त्री पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा कोरोना देखिएको पुष्टि भएको हो ।

यस्तै दुई मन्त्रीमा पनि कोरोना देखिएको स्वास्थ्य अधिकारीहरुलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मन्त्रीहरु इरेने मोन्तेरो र क्यारोलिना दारियासमा संक्रमण भेटिएको हो ।

स्पेनिस सरकारले मन्त्रिपपरिषद्का सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो। कोरोना भाइरस देखिए पनि उनीहरु खतरामुक्त रहेको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन्।

युरोपमा इटालीपछि स्पेन कोरोना भाइरसले संक्रमित दोस्रो ठूलो देश हो। स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ।

स्पेनी सरकारले संक्रमणलाई ध्यानमा राख्दै देशमा आंशिक लकडाउन सुरु गरेको छ। स्पेनले बिहीबार कोरोना भाइरसको रोकथामको पहिलो कदमका रुपमा देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

प्रकाशित: Mar 15, 2020| 03:16 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।