बिहीबार, भदौ ४, २०८३

आजदेखि सबै विदेशी १४ दिन क्वारेन्टाइनमा बस्नैपर्ने

सरकारले आजदेखि नेपाल आउने प्रत्येक विदेशीलाई अनिवार्य रुपमा क्यारेन्टाइनमा राख्ने भएको छ ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

काठमाडौं- सरकारले आजदेखि नेपाल आउने प्रत्येक विदेशीलाई अनिवार्य रुपमा क्यारेन्टाइनमा राख्ने भएको छ ।

शनिबार राति १२ बजेपछि नेपाल आउने सबै विदेशीलाई १४ दिन क्वारेन्टाइन राख्न सुरु गरिएको विमानस्थल प्रशासनले जनाएको छ ।

विमानस्थलमा उत्रिने वित्तिकै सीधै क्वारेन्टाइनमा पठाउन सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । उनका अनुसार अनअराइभल भिसा दिन नै बन्द गरिएकाले अब विदेशीहरू आउने संख्या नै न्यून हुनेछ ।

त्यस्तै, विदेशबाट आउने नेपालीको हकमा भने घरमै ‘सेल्फ क्वारेन्टाइन’मा बस्न सरकारले भनेको छ ।

नेपालीलाई पनि अत्यावश्यक काम तथा स्वास्थ्य रिपोर्ट देखाए मात्र नेपाल आउन पाउने भएकाले आइतबारदेखि नै सबै उडान प्रभावित हुने महानिर्देशक पोखरेलले बताए ।

प्रकाशित: Mar 15, 2020| 02:42 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।