बिहीबार, भदौ ४, २०८३

सार्क राष्ट्रका प्रमुखहरूबीच आज भिडियो वार्ता

विश्वभर कोरोना भाइरसको प्रकोप देखिएपछि यसको रोकथामका लागि सार्क राष्ट्रका प्रमुखहरूबीच आज (आइतबार) भिडियो वार्ता हुने भएको छ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

काठमाडौं– विश्वभर कोरोना भाइरसको प्रकोप देखिएपछि यसको रोकथामका लागि सार्क राष्ट्रका प्रमुखहरूबीच आज (आइतबार) भिडियो वार्ता हुने भएको छ।

भिडियो वार्ता साँझ ५ बजे हुने बताइएको छ। भिडियो वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन्। उनी सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट भिडियो वार्तामा सहभागी हुने बताइएको छ।

गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रहरूलाई अपिल गरेका थिए। 

वार्तामा नेपाल, पाकिस्तान, भारत, अफगानिस्तान, भुटान, माल्दिभ्स र श्रीलंकाका राष्ट्र प्रमुखहरू आफ्ना अनुभव र संक्रमण नियन्त्रणका उपायबारे छलफल गर्नेछन्।

कोरोना भाइरस संक्रमणका कारण भारतमादुई र पाकिस्तानमा एक जनाको मृत्यु भएको छ। नेपाललगायत अन्य सार्क सदस्य राष्ट्रहरूमा कोरोनाका बिरामी भेटिएका छन्।

प्रकाशित: Mar 15, 2020| 02:37 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।