बिहीबार, भदौ ४, २०८३

हिमपातले घर भत्किँदा दिदीबहिनीको मृत्यु

डोल्पामा शुक्रबार परेको हिमपातले घर भत्किँदा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

सुर्खेत- डोल्पामा शुक्रबार परेको हिमपातले घर भत्किँदा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ को बमबहादुर बुढाको घर भत्किँदा उनका छोरीहरु १२ वर्षीया मञ्जु बुढा र २ वर्षीया लक्ष्मी बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

डोल्पाका डीएसपी नारायण सञ्जितकारका अनुसार बमबहादुर वुढाकी श्रीमति रणमती बुढासमेत गम्भीर घाइते भएका छन्।

रणमतिको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अत्यधिक हिमपातका कारण आज बिहान तला थप्दै गरेको घर भत्किएको हो।

‘घरको माथिल्लो तला बनाउँदै गरेको रहेछ, तर तल्लो तलामा भने परिवारहरु बस्थे’ डीएसपी रञ्जितकारले भने ‘सुतिरहेकै अवस्थामा भित्ता भत्किएको रहेछ, तत्काल उद्धार हुन नसक्दा घटनास्थलमै मुत्यु भयो।’

बमबहादुर र उनका छोरा उपेन्द्र बुढा भने सकुशल रहेका छन्। बाबुछोरा छुट्टै घरमा सुतेका थिए।

प्रकाशित: Mar 14, 2020| 12:22 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।