बिहीबार, भदौ १८, २०८३

हाल्यान्डको ह्याट्रिकमा नर्वेको सानदार जित

नर्वेका युवा फरवार्ड इर्लिङ हाल्यान्डले फिफा विश्वकप युरोपेली छनोट खेलमा ह्याट्रिक गरेका छन्। नर्वेको घरेलु मैदानमा सम्पन्न खेलमा उनले जिब्राल्टरविरुद्ध खेलको २७औं, ३९औं र इन्ज्युरी समयमा गोल गर्दै ह्याट्रिक पुरा गरे।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं– नर्वेका युवा फरवार्ड इर्लिङ हाल्यान्डले फिफा विश्वकप युरोपेली छनोट खेलमा ह्याट्रिक गरेका छन्। नर्वेको घरेलु मैदानमा सम्पन्न खेलमा उनले जिब्राल्टरविरुद्ध खेलको २७औं, ३९औं र इन्ज्युरी समयमा गोल गर्दै ह्याट्रिक पुरा गरे।

हाल्यान्डको ह्याट्रिकसँगै नर्वेले विश्वकप छनोटमा जिब्राल्टरविरुद्ध घरेलु मैदानमा ५–१ गोलको जित निकालेको छ। राजधानी ओस्लोमा मंगलबार राति भएको खेलमा नर्वेले सानदार जित निकालेको हो।

नर्वेका लागि क्रिस्टियन थुस्वेट र एलेक्जेन्डर सोरलोठले पनि समान १–१ गोल गरे। थुस्वेटले खेलको २२औं मिनेटमा गोल गरेका थिए भने सोरलोठले दोस्रो हाफको ५९औं मिनेटमा गोल गरे।

पहिलो हाफमा तीन गोलले पछि परेको अवस्थामा जिब्राल्टरका रिस स्ट्याचले ४३औं मिनेटमा गोल गर्दै पहिलो हाफको नजिता ३–१ गालको बनाए। यता दोस्रो हाफमा नेर्वेले दुई गोल थपेपछि घरेलु टिमले सनदार जित निकालेको हो।

यो जितसँगै समूह जीमा रहेको नर्वे छ खेलबाट १३ अंक बनाएर दोस्रोस्थानमा छ। समान छ खेलबाट १३ अंक बनाएको नेदरल्यान्ड्स शीर्षस्थानमा छ। यता गएराति पराजित जिब्राल्टर भने शून्य अंकका साथ समूहको पुछारमा छ।

गएरातिकै अर्को खेलमा नेदरल्यान्ड्सले टर्कीलाई ६–१ गोलले हराएको थियो। नेदरल्यान्डका लागि मेम्फिस डिपायले ह्याट्रिक गरे।

टर्कीका काग्लर सोउन्चूले ४४औं मिनेटमै रातो कार्ड पाएपछि नेदरल्यान्ड्सले दोस्रो हाफमा तीन गोल गरेको थियो। ११ अंकका साथ टर्की समूहको तेस्रो स्थानमा छ।

प्रकाशित: Sep 08, 2021| 08:41 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।