बिहीबार, भदौ ४, २०८३

सत्तापक्षबाटै मुख्यमन्त्री राउतको राजीनामा माग

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ। प्रदेश २ मा सत्ता साझेदार राजपा नेपालले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको हो।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ। प्रदेश २ मा सत्ता साझेदार राजपा नेपालले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको हो।

शनिबार प्रदेशसभाको बैठकमा बोल्दै राजपाका सांसद मुख्यमन्त्री निरीह भएको भन्दै राजीनामा दिन माग गरे। “मुख्यमन्त्रीज्यू पटक–पटक कर्मचारीमाथि दोष लगाएर उम्किन खोज्नु हुन्छ,” प्रदेश सांसद सुमनले भने, “मुख्यमन्त्रीज्यू सक्नु हुन्न भने राजीनामा दिएर मार्गप्रशस्त गर्नुहोस्। तर, कर्मचारीलाई दोष दिएर निरीह नबन्नुस्।”

मुख्यमन्त्री राउत कर्मचारीले नटेरेर संघीयता नै धरापमा पार्न खोजेको बहाना बनाएर आमनागरिकको आँखामा छारो हान्ने काममात्र गरेको सुमनले बताए। प्रदेशसभा बैठकमा भएका निर्णयहरू कार्यान्वयन नभएपछि बैठक नै निरर्थक भएको छ।

गत आर्थिक वर्षको बक्यौता भुक्तानी नगरेर धर्ना बस्ने चेतावनी दिनु मुख्यमन्त्रीको निरीहता मात्र रहेको सुमनले बताए। राजपा सांसद सुमनले प्रतिपक्षी दललेसमेत आफ्नो भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए। योजना र पैसाको लोभमा प्रतिपक्षी दल सरकारको गलत कामको विरोध गर्न नसकेको उनले बताए।

यसैगरी, नेकपाका प्रदेशसभा सांसद किशोरी साह कमलले पनि प्रदेशको जनताले सरकारको अनुभूति गर्न नसकेकाले मुख्यमन्त्री राउतले पदबाट राजीनामा दिनुपर्ने बताए। कर्मचारीमाथि सबै दोष थुपारेर झुटोमात्र बोल्ने मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने प्रदेश सांसद कमलले बताए।

प्रकाशित: Mar 14, 2020| 09:27 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।