बिहीबार, भदौ ४, २०८३

साहित्यकार डा. डिपी भण्डारीको निधन

साहित्यकार एवं प्राध्यापक डा. दुर्गाप्रसाद (डिपी) भण्डारीको शनिबार निधन भएको छ।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

काठमाडौं– साहित्यकार एवं प्राध्यापक डा. दुर्गाप्रसाद (डिपी) भण्डारीको शनिबार निधन भएको छ।

उनको राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो। साहित्यकार भण्डारी लामो समयदेखि फोक्सोसम्बन्धी, बिर्सने रोगले ग्रसित थिए।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने सञ्चारकर्मी मुकुन्द भण्डारीले जानकारी दिए।

साहित्यकार भण्डारीका ‘रोदी र फूल’, ‘त्यो धर्ती, त्यो आकाश’, ‘मृगस्थली’, ‘निरो बाँसुरी बजाइरहेछ’लगायत निबन्धसंग्रह प्रकाशित छन्। यसका अलावा उनका विभिन्न पत्रपत्रिकामा फुटकर रचना पनि प्रकाशित छन्।

डोटीको निरौलीमा जन्मिएका भण्डारीले साहित्यसँगै प्राध्यापनमा पनि सक्रिय थिए। उनले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा लामो समय काम गरेका थिए। यस्तै, उनले विभिन्न देशमा विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर’का रूपमा पनि काम गरेका थिए।

प्रकाशित: Mar 14, 2020| 08:05 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।