बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट बिल गेट्सको राजीनामा

माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट बिल गेट्सको राजीनामा

माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सले कम्पनीको बोर्ड अफ डाइरेक्टर पदबाट राजीनामा दिएका छन्।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

काठमाडौं– माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सले कम्पनीको बोर्ड अफ डाइरेक्टर पदबाट राजीनामा दिएका छन्।

National life

सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ।

माइक्रोसफ्टका अनुसार अब बिल गेट्स प्राविधिक सल्लाहकारको रूपमा मात्र कम्पनीमा रहनेछन्। उनले सन् १९७५ मा पाउल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गरेका थिए। त्यसयता सन् २००० सम्म उनले माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरेका थिए।

उनको राजीनामापछि कम्पनीको बोर्डमा अब १२ सदस्य मात्र बाँकी छन्।

माइक्रोसफ्टको हालका सीईओ सत्या नडेलाले बिल गेट्ससँग काम गर्न पाउनु आफ्ना लागि गौरव भएको बताएका छन्।
“बोर्डलाई गेट्सको मार्ददर्शन प्राप्त भयो। गेट्सको सल्लाहको फाइदा कम्पनीले आगामी दिनमा पनि पाइरहने छ,” नडेलाले भनेका छन्।  

प्रकाशित: Mar 14, 2020| 06:36 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।