बिहीबार, भदौ ४, २०८३

भक्तपुरमा टिप्परको ठक्करबाट बालकको मृत्यु

भक्तपुरमा मिनी टिप्परको ठक्करबाट १८ महिने बालकको ज्यान गएको छ।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

भक्तपुर– भक्तपुरमा मिनी टिप्परको ठक्करबाट १८ महिने बालकको ज्यान गएको छ।

चाँगुनारायण नगरपालिका–९स्थित जय ब्रह्मायणी इँटाभट्टामा माटो बोक्ने बा५ख ७९७१ नम्बरको टिप्परले ठक्करबाट १८ महिने शिशिर मोक्तानको ज्यान गएको हो।

ठक्करबाट घाइते शिशिरको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएको छ।

शिशिर सर्लाहीको जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका छोरा हुन्। ईश्वर सोही इँटाभट्टामा काम गर्छन्।

टिप्पर चालक भक्तपुरको च्यामासिंह बस्ने ४० वर्षीय श्याम फैजुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 14, 2020| 06:11 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।