बिहीबार, भदौ ४, २०८३

पाल्पामा ४८ विद्यार्थी एसईई दिनबाट वञ्चित

चैत ६ गतेबाट १७ गतेसम्म सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन्।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

पाल्पा - चैत ६ गतेबाट १७ गतेसम्म सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन्। परीक्षा आवेदन फाराम भरे पनि विविध कारणले ती विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हुन्। परीक्षामा पाल्पाबाट पाँच हजार ६८ विद्यार्थी सहभागी हुँदैछन्। नियमिततर्फ चार हजार ८९६ र ग्रेडवृद्धितर्फ २१६ विद्यार्थी परीक्षामा सहभागी हुन लागेका शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पाल्पाका प्रमुख रमेशराज पौडेलले बताए।

उनका अनुसार जिल्लाका सबै स्थानीय तहमा २५ परीक्षा केन्द्र तोकिएको छ। प्रत्येक केन्द्रमा १५ सुरक्षाकर्मी परिचालन गरिने छ। सबै स्थानीय तहमा उत्तरपुस्तिका पुगिसकेको छ।

प्रकाशित: Mar 14, 2020| 03:29 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।