बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा कोरोनाका कारण दुई जनाको मृत्यु, संक्रमितको संख्या ८९ पुग्यो

भारतमा कोरोनाका कारण दुई जनाको मृत्यु, संक्रमितको संख्या ८९ पुग्यो

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

नयाँ दिल्ली - भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ।

पछिल्लो पटक दिल्लीमा थप एक जनाको मृत्यु भएपछि भारतमा मृतकको संख्या दुई पुगेको हो। मृतक ६९ वर्षीया महिला डायिविटिज र उच्च रक्तचापबाट पनि पीडित थिइन्। उनलाई छोराका माध्यमबाट कोरोना संक्रमण भएको आश‌ंका गरिएको छ। स्विजरल्याण्डबाट इटाली हुँदै उनका छोरा भारत पुगेका र उनमा कोरोनाको संक्रमण फेला परेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। ति महिलाको राम मनोहर लोहिया अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

यसअघि कोरोनाकै कारण कर्नाटकमा एकको मृत्यु भइसकेको थियो।

भारतमा हालसम्म ८९ जनामा कोरोनाको संक्रमण फेला परेको छ। सबैभन्दा बढी केरलामा २२, हरियाणा र महाराष्ट्रमा १७/१७, उत्तर प्रदेशमा ११ तथा दिल्लीमा ६ जनामा संक्रमण फेला परेको छ।

प्रकाशित: Mar 14, 2020| 03:02 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।