बिहीबार, भदौ ४, २०८३

लोककला तालिम लिएपछि उत्साहित महिला

सुनसरीको गढी गाउँपालिका २ अग्रावनीकि रेनुका चौधरी ३८ वर्ष पुगिन्।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

इटहरी - सुनसरीको गढी गाउँपालिका २ अग्रावनीकि रेनुका चौधरी ३८ वर्ष पुगिन्। उनले आफ्नो गाउँमा ढोकाको भित्तामा दुईतिर बनाउने चित्र ‘मोख’ बनाउन थालेको २५ वर्ष भयो। माटोले चिटिक्क लिपेर बनाउने भित्तेचित्र उनले पूर्खौली पेशाका रुपमा सिकेकी थिइन्। यसभन्दा बाहेक उनलाई अरु चित्रकलाको ज्ञान थिएन।

गत बुधबारदेखि शुक्रबारसम्म सञ्चालन भएको लोककला कार्यशालालले भने उनको चित्रकलाको आकांक्षा मोख भन्दा अगाडि बढेको छ। नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान काठमाडौं, बेलबारी नगरपालिका र सखि फाइनआर्ट ग्यालरीको आयोजनामा भएको लोककला कार्यशालाले चौधरीले आफूमा चित्रकलाका अन्य थुप्रै जानकारी बढेको बताइन्। १४ वर्षीय छोरीकी आमा चौधरीले भनिन, ‘मोख त गाउँघरको साथीसँग सिकेको हो। अरु चित्र बनाउन धेरैतिरबाट सिकियो।’

तीन दिने आवासीय कार्यशालामा चौधरीले एक चरा भएको घरको सुन्दर भित्ताको चित्र पेन्टिङ गरिन। चौधरीले सिकेको ज्ञानले चित्रकलामा अब आफूले नयाँ–नयाँ प्रयोगसमेत गर्ने बताइन्। ‘धेरै त भ्याउँदिन तर भ्याउँदा नयाँ-नयाँ चित्र बनाउँछु।’, उनले भनिन्।

रेनुकाजस्तै तालिममा सहभागी कलावती चौधरीले मयूरसँगै उभिएकी एक थारु युवती घर अगाडि उभिएको चित्र क्यानभासमा रंग्याइन्। उनले तीन दिनको कार्यशालाले आफूलाइ धेरै हौसला दिएको अनुभव सुनाइन्। चौधरीले भनिन्, ‘यहाँ आएर चित्रकला सिकियो । नयाँ–नयाँ मान्छेसँग चिनजान पनि भयो।’

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी परिषद् सदस्य तथा लोककला विभाग प्रमुख मिथिलादेवी यादवले लोककलामा महिलाको भूमिका महत्वपूर्ण हुने बताइन्। मिथिला, अवध र थारु संस्कृतिमा महिलाले नै लोककलाको क्षेत्रमा महत्वपूर्ण स्थान लिएको भन्दै थप ज्ञान लिएपछि आत्मविश्वास बढ्ने यादवले बताइन्। ‘म पनि २०४५ सालसम्म घरमै थिए’, महिला तथा पुरुष गरेर २५ जना सहभागी कार्यशालामा आएकी यादवले भनिन्, ‘अहिले सिक्दै गरेका महिला दिदीबहिनीहरु पनि अबको दशकमा मेहनत गरेमा धेरै अगाडि जान सक्नुहुन्छ।’

प्रकाशित: Mar 14, 2020| 01:58 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।