बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कार्यसमिति यथावत राख्न देउवालाई महामन्त्री कोइरालाको आग्रह

कार्यसमिति यथावत राख्न देउवालाई महामन्त्री कोइरालाको आग्रह

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको नवलपरासी (पश्चिम)को कार्यसमिति यथावत राख्न सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आग्रह गरेका छन्।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको नवलपरासी (पश्चिम)को कार्यसमिति यथावत राख्न सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आग्रह गरेका छन्। सभापति देउवाले नवलपरासी (पश्चिम)मा पार्टीको कार्यवाहक जिल्ला सभापति अर्जुन पोख्रेलको स्थानमा विष्णुप्रसाद पौडेललाई नयाँ सभापतिको जिम्मेवारी तोकेपछि महामन्त्री कोइरालाले असहमति जनाउँदै सो पत्र लेखेका हुन्।

मुलुकको संघीय संरचनाअनुसार नवलपरासी जिल्ला विभाजन हुँदा कांग्रेसले नवलपरासी (पश्चिम) मा रिक्त रहेको जिल्ला सभापतिको जिम्मेवारी साविक नवलपरासी जिल्लाको कार्यसमितिका उपसभापति अर्जुन पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिएको थियो। सभापति देउवाले यही फागुन २३ गते विधानबमोजिम भन्दै नवलपरासी (पश्चिम) को जिल्ला सभापतिमा विष्णुप्रसाद पौडेललाई जिम्मेवारी तोकेका थिए।

महामन्त्री कोइरालाले भने पार्टीको १४औं महाधिवेशनको तयारीका लागि सम्बन्धित तहको अधिवेशन र महाधिवेशन तोकिएको अवस्थामा पोख्रेललाई हटाई पौडेललाई जिम्मेवारी दिने कार्य विधान प्रतिकूल रहेको उल्लेख गरेका छन्। साथै उनले नवलपरासी (पश्चिम) जिल्ला विधानको व्यवस्थाबमोजिम पोख्रेल कार्यवाहक सभापति रहेको समितिलाई नै यथावत कायम राख्न अनुरोधसमेत गरेका छन्।

साथै महामन्त्री कोइरालाले सहमतिबिना विधानमा तोकिएबाहेकका विभाग बनाइनु, पार्टीमा केही साथीलाई केन्द्रीय सदस्य र आमन्त्रित सदस्य मनोनयन गरिनुले पार्टीभित्र एकताको वातावरण थप बिथोलिनेतर्फ पनि सभापतिको ध्यानाकर्षण गराएका छन्। नेतृत्वबाट एकाङ्कीरुपमा हुने यस्ता निर्णयले पार्टीको १४ औं महाधिवेशनको निष्पक्षता र सुनिश्चितता गम्भीररुपमा प्रभावित हुने महामन्त्री कोइरालाले उल्लेख गरेका छन्।

प्रकाशित: Mar 14, 2020| 01:15 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।