बिहीबार, भदौ ४, २०८३

एक लाख ३६ हजार नगदसहित ५ जना जुवाडे पक्राउ

धनगढीबाट एक लाख ३६ हजार नगदसहित ५ जना जुवाडे पक्राउ परेका छन्।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

धनगढी- धनगढीबाट एक लाख ३६ हजार नगदसहित ५ जना जुवाडे पक्राउ परेका छन्।

उप–महानगरपालिकाको वडा नम्वर ५ तारानगरमा बहादुरसिंह खत्रीको घरमा तास खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।

वडा प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी निरिक्षक हेमराज भट्ट नेतृत्वको प्रहरी टोलीले वडा नम्वर ५ का ४९ वर्षीय मोहन भट्ट, वडा नम्वर ३ का ५३ वर्षीय भीमबहादुर साउद, वडा नम्वर ५ का ५५ वर्षीय लालबहादुर बम, ३८ वर्षीय अमीर गहतराज र डोटी शिखर नगरपालिका वडा नम्वर ४ का ६१ वर्षीय दीपबहादुर अधिकारीलाई पक्राउ गरेको हो।

उनीहरुलाई जुवा ऐन अनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

प्रकाशित: Mar 13, 2020| 15:06 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।