बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश नं २ को नामकरण र राजधानीसम्बन्धी प्रतिवेदन प्रदेशसभामा पेश

प्रदेश नं २ को नामकरण र राजधानीसम्बन्धी प्रतिवेदन प्रदेशसभामा पेश

प्रदेश २ को नामकरण र स्थायी राजधानीसम्बन्धी प्रतिवेदन प्रदेशसभामे पेश भएको छ।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

जनकपुरधाम- प्रदेश २ को नामकरण र स्थायी राजधानीसम्बन्धी प्रतिवेदन प्रदेशसभामे पेश भएको छ।

प्रदेशको नामकरण र राजधानीबारे सहमति जुटाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय समितिले शुक्रबार बसेको प्रदेशसभा बैठकमा आफ्नो प्रतिवेदन पेश गरेको हो।

समितिलाई नामकरण र राजधानीबारे सहमति जुटाउने म्याण्डेट दिइए पनि सहमतिविनाकै प्रतिवेदन प्रदेशसभा बैठकमा पेश भएको छ। प्रतिवेदनमा राजधानीसम्बन्धी दुई प्रस्ताव उल्लेख भएको छ।

सत्तासीन समाजवादी पार्टी र राजपा तथा प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थायी राजधानी तोक्नबारे संयुक्त प्रस्ताव ल्याउन सहमत भएको प्रतिवेदनम भनिएको छ।

चारवटै दलहरुले जनकपुरधाम (माध्यमिकी परिक्रमा, ढल्केबर पूर्व पश्चिम लोकमार्गदेखि दक्षिण र दक्षिण दशगजासम्म) स्थायी राजधानी तोक्न प्रतिवेदनमा प्रस्ताव गरेको छ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले दर्ता गराएका वीरगंज महानगरपालि र समाजवादी पार्टीका सिंगासन साह कलवारले (विन्दवासिनी, पोखरिया, सखुवा, पर्सागढी, जितपुर हुँदै सिम्रौनगढ) लाई राजधानी तोक्ने प्रस्तावसमेत प्रतिवेदनले समेटेको छ।

स्थायी राजधानी तोक्नबारे सहमति भए पनि नामकरणको विषयमा सहमति जुट्न नसकेपछि दलहरुले दर्ता गराएको प्रस्ताव यथावत प्रतिवेदनमा समावेश गरेर प्रदेशसभामा पेश भएको छ।

प्रतिवेदन पेश गर्दै राजपाका प्रमुख सचेतक परमेश्वर साहले स्थायी राजधानी जनकपुरलाई तोक्न सत्तासीन समाजवादी र राजपाका साथै प्रतिपक्षी दल नेकपा र कांग्रेस संयुक्त प्रस्ताव बनाउन सहमत भएको बताए।

दलहरुको अडानका कारण नामकरणमा सहमति जुट्न नसकेको प्रतिवेदनमा भनिएको छ। प्रदेश नामकरणका लागि नेकपाले जानकी, नेपाली कांग्रेसले मिथिला–भोजपुरा, प्रदेश सांसद राजेश्वरप्रसाद साहले मध्य मधेश र समाजवादी तथा राजपाको तर्फबाट शैलेन्द्रकुमार यादवले मधेश प्रदेश प्रस्ताव दर्ता गराएक छन्।

प्रदेश नामकरण र स्थायी राजधानी तोक्न प्रदेशसभामा गोप्य मतदानको प्रक्रिया अपनाउन दलहरुबीच समितिको बैठकमा सहमति भएको प्रतिवेदनमा जनाइएको छ।

यसअघि विहिबार कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुश्वाहाको अध्यक्षतामा बसेको प्रमुख सचेतकहरुको बैठकले निर्वाचन कार्यविधि तयार पार्दै गोप्य नामकरण र राजधानीको टुंगो लगाउन गोप्य मतदानको प्रक्रिया अपनाउने सहमति गरेको थियो।

शनिबार बस्ने प्रदेशसभा बैठकमा निर्वाचन कार्यविधि पारित भइसकेपछि राजधानी र नामकरणबारे टुंगो लगाउन मतदान प्रक्रिया अघि बढ्ने बताइएको छ।

प्रकाशित: Mar 13, 2020| 14:26 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।