मंगलबार, असार २३, २०८३

विश्वकप छनोटमा रोनाल्डोरहित पोर्चुगलको सहज जित

अर्को वर्ष हुने कतार विश्वकप युरोपेली छनोटअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना नै पोर्चुगलले सहज जित निकालेको छ।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं– अर्को वर्ष हुने कतार विश्वकप युरोपेली छनोटअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना नै पोर्चुगलले सहज जित निकालेको छ।

मंगलबार राति अजरबैजानको बकू ओलम्पिया मैदानमा भएको खेलमा पोर्चुगलले घरेलु टिम अजरबैजानलाई ३–० गोल अन्तरले पराजित गरेको हो।

समूह ‘ए’ अन्तर्गतको खेलमा पोर्चुगलको जितमा बर्नान्डो सिल्भा, एन्द्रे सिल्भा र डियगो जोटाले १–१ गोल गरे। रोनाल्डो विना नै मैदान प्रवेश गरेको पोर्चुगलले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा थप १ गोल गरेको हो। 

सोही समूहको अर्को खेलमा आयरल्यान्ड र सर्बियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। 

शीर्ष स्थानमा रहेको पोर्चुगलले जितसँगै समूह ‘ए’मा पाँच खेलबाट १३ अंक बनाएको छ।

समान खेलबाट सर्बिया ११ अंकसहित दोस्रो स्थानमा छ। समान खेलबाट २ र १ अंक बनाएका आयरल्यान्ड र अजरबैजान क्रमशः तालिकाको  चौथो र पाँचौ स्थानमा छन्।

प्रकाशित: Sep 08, 2021| 08:08 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।