बिहीबार, भदौ ४, २०८३

१७ लाख घुससहित नापी र मालपोतका कर्मचारी पक्राउ

१७ लाख घुस रकमसहित नापी कार्यालय भैरहवामा कार्यरत अधिकृतहरु पक्राउ परेका छन्।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

भैरहवा- १७ लाख घुस रकमसहित नापी कार्यालय भैरहवामा कार्यरत अधिकृतहरु पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तिर्थराम भण्डारी र सर्वेक्षक थानेश्वर चौधरीलाई पक्राउ गरेको हो।

यसैगरी मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राज कुमार अर्याल पनि पक्राउ परेका छन्।

उनीहरु भैरहवाको सिद्धार्थ बसपार्क नजिकै सेवाग्राहीसँग रकम लिँदैगर्दा पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख भीस्म भुसालले बताए।

जग्गाको कित्ता काट मिलाउने भन्दै नापी र मालपोत कार्यालयका अधिकृतहरुले उक्त रकम सेवाग्राहीसंग लिएको बुझिएको छ।

सरकारले कित्ता काट रोकेपछि मालपोत र नापीका अधिकारीहरुसंगको मिलोमतोमा जग्गा दलालहरुले नक्कली अंशबन्डा गरेर कित्ता काट गरी जग्गा बिक्री वितरण गर्दै आएका छन्।

प्रकाशित: Mar 13, 2020| 14:14 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।