बिहीबार, भदौ ४, २०८३

स्याललाई हानेको गोली मानिसलाई लाग्यो

दैलेखमा स्याल धपाउन हानेको गोली मानिसलाई लागेको छ। स्याल धपाउन पड्काएको बन्दुकको गोली लागेर नौमुले गाउँपालिका २ का ...
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

सुर्खेत- दैलेखमा स्याल धपाउन हानेको गोली मानिसलाई लागेको छ।

स्याल धपाउन पड्काएको बन्दुकको गोली लागेर नौमुले गाउँपालिका २ का बिर्खबहादुर शाही घाइते भएका हुन्।

शाहीको हात र खुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख नैनबहादुर साउदले जानकारी दिए।

घाइते शाहीको जिल्ला अस्पताल दैलेखमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ।

बाख्रालाई आक्रमण गर्न आएको स्याल धपाउन गोली चलाइएको थियो। यद्यपी घटनाबारे थप अनुसन्धानका भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Mar 13, 2020| 13:08 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।