बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'प्रतिगामी कर्मचारी खटाएर संघीयता धरापमा पार्न खोजियो'

'प्रतिगामी कर्मचारी खटाएर संघीयता धरापमा पार्न खोजियो'

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता अन्त्य गर्न प्रदेश २ माथि निरन्तर आक्रमण भइरहेको दाबी गरेका छन्।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता अन्त्य गर्न प्रदेश २ माथि निरन्तर आक्रमण भइरहेको दाबी गरेका छन्।

पछिल्लो आर्थिक वर्षमा उपभोक्ताहरुको भुक्तानी हुन नसक्नु पनि संघीयताविरुद्धको षडयन्त्र रहेको मुख्यमन्त्री राउतको बुझाई छ।

बक्यौता भुक्तानीबारे मुख्यमन्त्री स्वयं उपस्थित भएर सदनमा जबाफ दिनुपर्ने सांसदहरुको मागपछि शुक्रबार प्रदेशसभामा बोल्दै राउतले संघीय सरकारबाट प्रशिक्षित कर्मचारीहरुले भुक्तानी विवाद निम्त्यिाएको दाबी गरे।

‘भुक्तानी दिन प्रदेशसभाले अनुमोदन गरिसकेको छ, मन्त्रिपरिषद् बैठकले पनि पारित गरिसेको छ,’ राउतले भने, ‘सदन ठूलो की कर्मचारी ? तर संघीय सरकारबाट प्रक्षिण लिएर आएका कर्मचारीहरु अटेरी गरेका छन्। भुक्तानी गर्न मानेका छैनन्।’

‘चेकमा सही त कर्मचारीले गर्ने हो, मुख्यमन्त्री वा मन्त्रीले गर्ने होइन्, उपभोक्ताहरुको भुक्तानी रोकेर प्रदेश सरकारलाई असफल पार्ने षड्यन्त्र भइरहेको छ, कहाँबाट यस्तो षडयन्त्र भएको हो, हामी सबैले बुझ्नु पर्यो,’ राउतले भने।

मुलुकमा संघीयताको सफलता/असफलता प्रदेश २ मै निर्भर रहेको भन्दै उनले कहिँकतैबाट संघीयताविरुद्ध षडयन्त्र भए पनि आफूले सफल हुन नदिने बताए।

उपभोक्ताहरुको बक्यौता रहेको भुक्तानीलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको भन्दै मुख्यमन्त्री राउतले कर्मचारीहरुले सही गर्न नमाने संघीय सरकारविरुद्ध जानकी मन्दिरको प्राङ्गणमा धर्नामा बस्ने चेतावनी दिएका छन्।

प्रतिगामी कर्मचारी खटाएर संघीयता धरापमा पार्ने संघीय सरकारको नियत कदापि सफल हुन नदिने राउतले बताए।

उपभोक्ताहरुको बक्यौता भुक्तानी गर्न प्रदेश सरकारको इमानदार प्रयास अझै जारी रहेको उनको जिकिर थियो।

प्रकाशित: Mar 13, 2020| 13:05 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।