बिहीबार, भदौ १८, २०८३

ग्रिजम्यान चम्किँदा फिनल्यान्डविरुद्ध फ्रान्सको जित

अर्को वर्ष हुने कतार फिफा विश्वकप युरोपेली छनोट अन्तर्गत मंगलबार रातिको खेलमा विश्वविजेता फ्रान्सले सहज जित निकालेको छ।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं– अर्को वर्ष हुने कतार फिफा विश्वकप युरोपेली छनोट अन्तर्गत मंगलबार रातिको खेलमा विश्वविजेता फ्रान्सले सहज जित निकालेको छ।

फ्रान्सको घरेलु मैदानमा भएको खेलमा स्ट्राइकर एन्टोनी ग्रिजम्यानको दुई गोल सहयोगमा फ्रान्सले सहज जित निकालेको हो।

खेलका क्रममा फ्रान्सले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको हो। फ्रान्सको जितमा दुबै गोल ग्रिजम्यानले गरे। उनले २५ र ५३ मिनेटमा गोल गरेका थिए।

यो जितसँगै ६ खेलमा १२ अंक बनाएको फ्रान्स अपराजित रहँदै समूह डीको शीर्षस्थानमा छ। फिनल्यान्ड भने पाँच अंकका साठ तेस्रो स्थानमा छ।

यस्तै राति नै भएको समूह ‘डी’को खेलमा बोस्निया हर्जगोभिना र काजखस्तानले २–२ गोलको बराबरी खेले। 

समान पाँच खेलबाट पाँच अंक बनाएको युक्रेनको पाँच अंक रहँदा क्रमशः दोस्रोस्थानमा छ। तीन अंक बनाएका बोस्निया र काजखस्तान क्रमशः चौथो र पाँचौ स्थानमा छन्।

प्रकाशित: Sep 08, 2021| 07:51 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।