बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सत्तापक्ष र प्रतिपक्षबीच संसदमा बाझाबाझ (भिडियोसहित)

सत्तापक्ष र प्रतिपक्षबीच संसदमा बाझाबाझ (भिडियोसहित)

 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

जनकपुरधाम– गत आर्थिक वर्षमा सम्पन्न योजनाहरूको भुक्तानी विषयमा प्रदेश सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद भएको छ।

९ महिनासम्म पनि भुक्तानी हुन नसकेपछि प्रदेश सांसद्हरूले मुख्यमन्त्री लालबाबु राउतको जवाफ मागेका थिए।

मुख्यमन्त्रीले सांसद्हरूले उठाएको प्रश्नको जवाफ दिइरहँदा सत्तापक्ष समाजवादी पार्टी र प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सांसदबीच विवाद भएको हो।

मुख्यमन्त्री राउतले कर्मचारीको कारणले भुक्तानी रोकिएको बताउँदा नेकपा सांसद् रामचन्द्र मण्डलले समस्या नभएर समाधान बताउन आग्रह गरेका थिए।

त्यसलगत्तै कृषि राज्यमन्त्री योगेन्द्र राय यादव र सांसद मण्डल बाझेका थिए।

सभामुख सरोज यादवको आग्रहपछि बैठक सञ्चालन भएको थियो।

प्रदेश सभाको अर्को बैठक भोलि, शनिबार १ बजे बोलाइएको छ।

 

प्रकाशित: Mar 13, 2020| 12:03 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।