बिहीबार, भदौ ४, २०८३

प्रधानमन्त्री ओली साँझ डिस्चार्ज हुने

प्रधानमन्त्री केपी शर्मा ओली साँझ ६ बजे डिस्चार्ज हुँदै छन्।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली साँझ ६ बजे डिस्चार्ज हुँदै छन्। ओलीलाई पूर्ण स्वास्थ्य लाभ भएकाले डिस्चार्ज गर्न लागिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका ओली १० दिनपछि डिस्चार्ज हुन लागेका हुन्।

‘प्रधानमन्त्रीज्यूलाई उहाँको पूर्ण स्वास्थ्यलाभपछि आज साँझ शिक्षण अस्पतालबाट डिस्चार्ज गरिने भएको छ’, अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

फागुन १९ गते भर्ना भएका प्रधानमन्त्री ओलीको २१ गते मिर्गाैला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्रीलाई मिर्गाैला दिएकी उनकी भान्जी नाता पर्ने समीक्षा संग्रौला भने डिस्चार्ज भइसकेकी छन्।

 

प्रकाशित: Mar 13, 2020| 11:51 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।