बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्युत् प्राधिकरणले राजस्वसम्बन्धी गम्भीर लापर्बाही गरेको उपसमितिको निष्कर्ष

विद्युत् प्राधिकरणले राजस्वसम्बन्धी गम्भीर लापर्बाही गरेको उपसमितिको निष्कर्ष

 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

काठमाडौं– राजस्वसम्बन्धी गम्भीर लापर्बाही गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीलाई छानविन गर्न माग गरिएको छ।

लेखा समितिले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुली गर्न नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल संयोजक रहेको उपसमिति बनाएको थियो।

उपसमितिले सार्वजनिक लेखा समितिमा बुझाएको प्रतिवेदनमा विद्युत् महसुल निर्धारण आयोगले गरेको निर्णय प्राधिकरणले कार्यान्वयन नगरी राजस्व सम्बन्धी गम्भीर लापर्बाही  गरेकोले कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको हो।

प्रतिवेदनमा सञ्चालक, प्रबन्ध निर्देशक र विभागिय जिम्मेवारी लिएका पदाधिकारीहरूमाथि छानविन गर्नुपर्ने उल्लेख गरिएको छ।

उपसमितिले छानविनका लागि लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनुपर्ने पनि सुझाव दिएको छ।

आयोगले १६ असार २०७३ मा ६ घण्टा वा सोभन्दा बढी लोडसेडिङ कायम रहेको अवस्थामा २० घण्टा वा सोभन्दा बढी समय छुट्टै ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिने ग्राहकलाई पनि डेडिकेटेड ग्राहकसरह महसुल दर कायम हुने निर्णय गरेको थियो।

प्रतिवेदनमा सो निर्णय प्राधिकरणले लागू नगरी राजस्व सम्बन्धी गम्भीर लापर्बाही गरेको उल्लेख छ ।

त्यस्तै, प्रतिवेदनमा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुली सम्बन्धमा विद्युत् प्राधिकरणलाई आर्थिक क्षति हुने र आर्थिक दायित्व बढ्ने गरी कुनै निर्देशन नगर्न/नगराउन सरकरालाई निर्देशन दिने उल्लेख गरिएको छ ।

उपसमितिमा सांसदहरू तेजुलाल चौधरी, प्रदीप यादव, पार्वतीकुमारी विसुन्खें र सूर्यप्रसाद पाठक सदस्य छन्।

 

प्रकाशित: Mar 13, 2020| 11:35 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।