बिहीबार, भदौ ४, २०८३

जग्गा किनिदिने भन्दै ९ लाख लुटियो

पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको रु. नौ लाख लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका–६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिएका हुन्। उनीहरुलाई खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र उनैले पैसा लुटेको पीडितले जनाएका छन् ।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको रु. नौ लाख लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका–६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिएका हुन्। उनीहरुलाई खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र उनैले पैसा लुटेको पीडितले जनाएका छन् ।

राईले जग्गा बैना गर्ने भनी मालपोत कार्यालय बोलाएको र पछि फेरि मगनी चोकबाट दुई सय मिटरभित्र बोलाएर लुटेको प्रहरीले जनाएको छ । राईले पैसा भएको झोला लिएर मोटरसाइकलमा भागेको प्रहरीले जानकारी दिएको छ । उनको खोजीकार्य भइरहेको छ ।
रासस

प्रकाशित: Mar 13, 2020| 10:22 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।