शनिबार, साउन १६, २०८३

काठमाडौंसहित २३ जिल्ला अझै साक्षर घोषणा हुन बाँकी (सूचीसहित)

नेपालमा १५ वर्षभन्दा माथिको कुल जनसंख्याको ६७.९ प्रतिशत साक्षर रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ। जसमा महिला ५९.७ र पुरुष ७८.६ प्रतिशत छन्।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं- आज ८ सेप्टेम्बर अर्थात् ५५औं अन्तर्राष्ट्रिय साक्षरता दिवस। नेपालमा १५ वर्षभन्दा माथिको कुल जनसंख्याको ६७.९ प्रतिशत साक्षर रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ। जसमा  महिला ५९.७ र पुरुष ७८.६ प्रतिशत छन्।

नेपालमा ७७ मध्ये ५४ जिल्ला मात्र पूर्ण साक्षर घोषणा भएका छन्। अझै २३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ। हालै मात्र काठमाडौं महानगरपालिकालाई साक्षर घोषणा गरिएको थियो।

साक्षर घोषणा हुन बाँकी २३ जिल्ला यी हुन्

प्रदेश १ को ताप्लेजुङ र सोलुखुम्बु साक्षर घोषणा हुन बाँकी छन् भने बागमती प्रदेशमा काठमाडौं अझै साक्षर घोषणा भएको छैन। जबकि काठमाडौं देशमै सबैभन्दा बढी जनसंख्या भएको जिल्ला मात्र होइन मुलुककै राजधानी पनि हाे। नेपालकाे पहिलाे महानगरपालिका काठमाडौं पनि गत साता मात्र साक्षर घोषणा भएको थियो।

यसैगरी, प्रदेश २ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला अझै साक्षर घोषणा हुन सकेका छैनन्। 

लुम्बिनीमा कपिलवस्तु र बाँके, कर्णालीमा मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिममा  कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ साक्षर घोषणा हुन सकेका छैनन्।  यी २३ जिल्लाका २७० मध्ये २१८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको  छ।

प्रकाशित: Sep 08, 2021| 07:46 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्