बिहीबार, भदौ ४, २०८३

प्रदेश सभामा पनि कोरोनाको त्रास

प्रदेश २ को प्रदेशभा बैठकमा कोरोनो भाइरसको त्रास देखिएको छ। करिब तीन महिनापछि शुक्रबार बसेको बैठकमा प्रदेश सरकारका मन्त्रीदेखि कतिपय सांसदहरु मास्क लगाएरै उपस्थित भए।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

जनकपुरधाम– प्रदेश २ को प्रदेशभा बैठकमा कोरोनो भाइरसको त्रास देखिएको छ। करिब तीन महिनापछि शुक्रबार बसेको बैठकमा प्रदेश सरकारका मन्त्रीदेखि कतिपय सांसदहरु मास्क लगाएरै उपस्थित भए।

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसहित प्रदेश सभा सदस्य भरत साह, सरस्वती चौधरी, अशियादेवी थरुनीलगायतका प्रदेशभा सदस्यहरु मास्क लगाएर प्रदेशभा बैठकमा उपस्थित भएका थिए। मुख्यमन्त्री लालबाबु राउतले भने मास्क लगाएका थिएनन्।

बैठकको विशेष समयमा सम्बोधन गरेका सबैजसो प्रदेशभा सदस्यहरु पनि कोरोना भाइरस संक्रमण र त्रासबारे नै केन्द्रित रहे। बैठकमा प्रदेशसभा सदस्यहरुले कोरोनाबाट जोगिन प्रदेश सरकारले हालसम्म कुनै तयारी नगरेको आरोप लगाएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपाका प्रमुख सचेतक सुन्दरलाल विश्वकर्माले विश्वभर फैलिरहेको कोरोना संक्रमणबाट जोगिन प्रदेश सरकारले गरेको पूर्वतयारीबारे जानकारी गराउन सरकारसँग माग गरे। कोरोनाबाट जोगिन प्रदेश सरकारले गम्भिरता नदेखाउनु लज्जास्पद रहेको उनले बताए ।

नेपाली कांग्रेसका राजेश्वरप्रसाद साह, समाजवादी पार्टीका पारसकुमार साहलगायतका प्रदेशभा सदस्यहरुले कोरोनाबारे सतर्कता तथा सचेतना जगाउन प्रदेशको सबै पालिकाहरुमा सरकारको तर्फबाट चिकित्सक टोली परिचालन गर्न माग गरेका छन्।

प्रकाशित: Mar 13, 2020| 09:21 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।