बिहीबार, भदौ ४, २०८३

जिल्ला अदालतका दोभासे २ लाख घुससहित पक्राउ

कपिलवस्तु जिल्ला अदालतका एकजना दोभासे २ लाखसहित पक्राउ परेका छन्। करारमा कार्यरत दोभासे विश्वनाथ कुर्मी (चौधरी) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको हो।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

कपिलवस्तु - कपिलवस्तु जिल्ला अदालतका एकजना दोभासे २ लाखसहित पक्राउ परेका छन्। करारमा कार्यरत दोभासे विश्वनाथ कुर्मी (चौधरी) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको हो।

ठगी मुद्दामा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले चौधरीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

चौधरीलाई रकमसहित कपिलवस्तु नगरपालिका-१ स्थित महामाया प्रेस गौढीचोक, तौलिहवाबाट बिहीबार नियन्त्रणमा लिई अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: Mar 13, 2020| 08:45 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।